काठमाडौँ, ३१ भाद्र । नेकपा एमालेले दिवंगत संविधान सभा अध्यक्ष तथा पार्टी उपाध्यक्ष सुवास नेम्वाङको स्मृतिमा विचार गोष्ठी आयोजना गर्ने भएको छ ।
शनिबार बसेको पार्टीको कार्यालय बैठकले आगामी असोज २ गते ‘नेपालको संविधान निर्माणमा सुवासचन्द्र नेम्वाङ’ विषयक विचार गोष्ठीको आयोजना गर्ने निर्णय गरेको हो ।
गोष्ठी गर्ने निर्णय गर्दै बैठकमा सातै प्रदेशमा जिम्मेवारी तोकेको छ । पार्टी अध्यक्ष केपी शर्मा ओलीले केन्द्रीय कार्यालय तुलसीलाल स्मृति प्रतिष्ठानको गोष्ठीलाई सम्बोधन गर्नेछन् भने ६ प्रदेशमा उपाध्यक्षहरूलाई खटाइएको छ ।




