नेपाल शिक्षक महासंघले माइतीघर मण्डलमा जलायो नयाँ शिक्षा विधेयक

`

     २०८० भाद्र २९ गते ४:२१

काठमाडौँ, २९ भदौ । नेपाल शिक्षक महासंघले नयाँ शिक्षा विधेयक जलाएको छ । सरकारले संसदमा दर्ता गरेको नयाँ शिक्षा विधेयकप्रति आपत्ति जनाउँदै महासंघले शुक्रबार माइतीघर मण्डलमा सो विधेयक जलाएको हो ।

विद्यालय शिक्षासम्बन्धी कानुनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयक २०८० ले गरेका व्यवस्थामा असन्तुष्टि जनाउँदै महासंघले काठमाडौँ केन्द्रित आन्दोलनको घोषणा समेत गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?