काठमाडौं, भदौ २८ । नेपाल सामुदायिक विद्यालय कर्मचारी संघले देशका सबै जिल्लामा तदर्थ समिति गठन गरेको छ।
संघका केन्द्रीय अध्यक्ष शशीकुमार केसीले ७७ जिल्लामै तदर्थ समिति गठन गरिएको बताए।
‘केन्द्रले सबै जिल्लामा तदर्थ समिति गठन गरेको छ, अध्यक्ष र सचिव तोकिसकेका छौं,’ उनले भने, ‘शैक्षिक विषय र पेशागत हितमा केन्द्रित भएर अघि बढ्छौं।’
नेपाली कांग्रेसनिकट नेपाल सामुदायिक विद्यालय कर्मचारी संघ तदर्थ समिति गठन भएको हो। अध्यक्ष केसीले सभापति शेरबहादुर देउवालाई जिल्लाहरूमा तदर्थ समिति गठनबारे जानकारी पनि दिइएको बताए।
उनले विद्यालय शिक्षा विधेयक संसदमा दर्ता भएको भन्दै शिक्षकबाहेक कर्मचारीलाई पनि ऐनले समेट्नुपर्ने बताए।




