काठमाडौं, भदौ २८ । संघीय संसद्अन्तर्गत प्रतिनिधि सभाको बैठक आज (बिहीबार) बस्दै छ।
आज दिउँसो ३ बजे संघीय संसद् भवन नयाँ बानेश्वरमा बैठक बस्ने संसद् सचिवालयले जानकारी दिएको छ।
आजको बैठकमा संविधान सभा अध्यक्ष तथा प्रतिनिधि सभा सदस्य सुवास नेम्वाङको निधनप्रति शोक प्रस्ताव पारित गर्ने कार्यसूची रहेको छ।




