साल्ट ट्रेडिङलाई थप व्यापक बनाउन आवश्यक रहेको आपूर्तिमन्त्री रिजालको दाबी

`

     २०८० भाद्र २७ गते ४:४७

काठमाडौँ, २७ भाद्र । उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री रमेश रिजालले कृषि क्षेत्रमा प्रत्यक्ष योगदान पुराउने गरि काम गर्न साल्ट टे«डिङ्ग कर्पोरेशन लिमिटेडलाई सुझाव दिएका छन् ।

साल्ट टे«डिङ्ग कर्पोरेशन लिमिटेडको ६१औं वार्षिकोत्सवका अवसरमा बुधबार काठमाडौंमा आयोजित कार्यक्रममा मन्त्री रिजालले दैनिक उपभोग्य बस्तुसँगै कृषि क्षेत्रमा प्रत्यक्ष योगदान पुराउने गरि काम गर्न सके संस्थाको महत्व अझ बढ्ने भन्दै सुझाव दिएका हुन् ।

साल्ट ट्रेडिङले जनतालाई सुपथ मूल्यमा उपभोग्य बस्तु उपलव्ध गराउन गरेको कार्य प्रसंसायोग्य रहेको भन्दै उनले यसलाई थप व्यापक बनाउनुपर्ने आवश्यकता औँल्याए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?