काठमाडौँ, २५ भाद्र । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले अहिले सरकारले स्टन्डबाजीमात्रै गरिरहेको आरोप लगाएको छ ।
सोमबार ललितपुरमा तेजाब आक्रमण विरुद्धको जागरण दिवसमा अवसरमा पार्टीले आयोजना गरेको कार्यक्रममा ओलीले अहिले सरकारले स्टन्डबाजीमात्रै गरेको भन्दै स्टन्डबाजी छाडेर जनताको समस्या समाधान गरेर सुशासनको बाटोतर्फ लाग्ने काम गर्न सरकारलाई सुझाव दिए ।
ओलीले सरकार नै तस्करीमा संलग्न भई कमिसन खोरीमा डुबे जनताको समस्या नदेख्ने जिकिर गरे । उनले पहिले नै नाम लिएर आक्रमण गर्छु भन्दै हिँड्दा पनि सरकारले कुनै चासो नलिँदा कांग्रेस नेतामाथि खुकुरी प्रहार भएको बताए ।
उनले समाजमा हिंसा त्रास फैलाउन कुरामा सहयोगी नभएकै कारण ताप्लेजुङमा प्रहरी अधिकृतलाई हत्या गर्ने धम्की दिनु आंतककारी क्रियाकलाप भएको बताए ।
ओलीले तेजाब आक्रमणको कानुन लागू गर्न नदिने प्रयास गरेपनि आफ्नो नेतृत्वको सरकारले यसबिरुद्ध कडा कानुन बनाएको दाबी गरे ।




