विवादास्पद अभिव्यक्ति दिएको भन्दै चिनियाँ राजदूतलाई फिर्ता पठाउन माग

`

     २०८० भाद्र २५ गते ३:५९

काठमाडौं,२५ भदौं । नेपाल भारत सम्बन्धका बारेमा विवादास्पद अभिव्यक्ति दिएपछि आलोचित बनेका नेपालका लागि चिनियाँ राजदूत चोन सोङलाई फिर्ता पठाउन माग गर्दै राष्ट्रिय एकता अभियानले काठमाडौंमा प्रदर्शन गरेको छ ।

सोमबार काठमाडौंमा एकता अभियानले ‘चिनियाँ राजदूतलाई फिर्ता गर’ ‘राष्ट्रिय स्वाधीनताको रक्षा गर’ ‘चिनियाँ विस्तारवाद मुर्दावाद’लगातका नारा लगाउँदै प्रदर्शन गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?