कांग्रेस बिपीकै बाटोमा हिँडिरहेको छ : देउवा

`

     २०८० भाद्र २४ गते ३:४९

काठमाडौं, भदौ २४ । नेपाली कांग्रेस केन्द्रीय कार्यालयको आयोजनामा आजदेखि बिपी साहित्य महोत्सव सुरू भएको छ।

बिपी कोइरालाको ११० औं जन्मजयन्तीका अवसरमा आयोजित भेला भदौ २६ गतेसम्म चल्नेछ।

महोत्सवको आइतबार सभापति शेरबहादुर देउवाले उद्घाटन गरेका हुन्। उनले कांग्रेस बिपीकै बाटोमा हिँडिरहेको बताए। ‘हाम्रो पार्टी बिपीले देखाएकै बाटोमा हिँडिरहेको छ,’ उनले भने, ‘मुलुकमा विस्तार भइरहेको समाजवादी अवधारणा बिपीकै चिन्तनमा आधारित छ।’

बिपीका विचारबारे पार्टीभित्रै बहस गराउन नसक्नु कमजोरी भएको उनको भनाइ छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?