अस्पतालमा बालिका मृत्यु प्रकरणका दोषीमाथि कारबाही हुन्छ : स्वास्थ्यमन्त्री

`

     २०८० भाद्र २४ गते ११:४०

काठमाडौँ, २४ भाद्र । स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री मोहनबहादुर बस्नेतले कान्ति बाल अस्पतालमा बालिका मृत्यु प्रकरणमा दोषीमाथि कारबाही हुने प्रतिबद्धता जनाएका छन् । इजिप्टमा आयोजित कार्यक्रममा सहभागी भएर आइतबार नेपाल फर्किएका मन्त्री बस्नेतले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सञ्चारकर्मीहरूसँगको कुरा गर्दै सो कुरा बताएका हुन् ।

गत सोमबार मकवानपुर थाहा नगरपालिका १० घर भई हाल काठमाडौंको बाफल बस्ने पाँच वर्षीय रेजिशा गोपालीको समयमा उपचार नपाउँदा अस्पतालमा मृत्यु भएको आफन्तले बताएका छन् । बिरामी भएर छट्पटाइरहेकी बालिकालाई दुई घण्टासम्म चिकित्सकले नहेर्दा उनको निधन भएको आफन्तको आरोप छ । मन्त्री बस्नेतले भने– ‘यस घटनाबारे म बाहिर हुँदा पनि चासोका साथ हेरेको छु । समयमा उपचार नपाएर बालिकाको मृत्युमा भएको भन्ने छ । मैले इजिप्टबाट नै सचिवज्यूलाई फोन गरेर छानबिन समिति बनाउन निर्देशन दिएको थिएँ । जानाजान केही गल्ती भएको छ भने कारबाही हुन्छ । मैले कारबाही नै गर्नुपर्छ भनेको छु ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?