सर्वोच्चको परमादेशपछि कोशीमा एमालेको सरकार बन्यो

`

     २०८० भाद्र २२ गते ६:२५

काठमाडौँ, भदौ २२ । कोशी प्रदेशमा नेकपा एमाले संसदीय दलका नेता हिक्मतकुमार कार्कीको नेतृत्वमा सरकार बनेको छ ।

मन्त्री नियुक्त हुनेमा तीलकुमार मेन्याङ्बो, पाँचकर्ण राई, एकराज कार्की र सिर्जना राई छन् । तीलकुमारले सिँचाइ, ऊर्जा र स्वास्थ्य मन्त्रालयको जिम्मेवारी पाएका छन् । यस्तै पाँचकर्णले वन तथा पर्यटन मन्त्रालयको जिम्मा पाएका छन् । यसैगरी एकराजलाई भौतिक पूर्वाधार मन्त्रालयको जिम्मा दिइएको छ भने सिर्जनालाई राज्यमन्त्रीको जिम्मेवारी दिइएको छ ।

मुख्यमन्त्री कार्की तथा नवनियुक्त मन्त्रीहरुले आजै पद तथा गोपनीयताको शपथग्रहण गर्नेछन् ।

बुधबार मात्रै सर्वोच्च अदालतले नेपालकी कांग्रेसबाट कोशीको मुख्यमन्त्री उद्धव थापाले भदौ ४ गते प्रदेशसभाबाट लिएको विश्वासको मत असंवैधानिक भएको ठहर गर्दै पदमुक्त गरेको थियो । सर्वोच्चको आदेशबमोजिम एमालेका कार्की मुख्यमन्त्रीमा नियुक्त भएका हुन् ।

९३ सदस्यीय कोशी प्रदेशमा ठूलो दल एमालेका ४० सांसद् छन् । त्यस्तै नेपाली कांग्रेसको २९, नेकपा माओवादी केन्द्रका १३, राप्रपका ६, नेकपा एकीकृतमा समाजवादीका ४ र जसपाका १ सांसद छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?