काठमाडौं,२२ भदौ । नेपाली कांग्रेसका नेता तथा समाजवादी चिन्तक स्व. प्रदीप गिरिको पूर्ण कदको प्रतिमा सिरहाको लहान नगरपालिका–१४ स्थित गिरिको आश्रममा अनावरण गरिएको छ ।
उनको प्रथम वार्षिकोत्सवका अवसरमा आज एक समारोहबीच प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले उक्त प्रतिमाको अनावरण गेका हुन् ।
लहान–१४ खुट्टी खोलाको छेउमा स्व नेता गिरि विसं २०४६ सालपछि बस्दै आएका थिए । उक्त ठाउँलाई गिरिको आश्रम भनेर चिनिन्छ । उनी यस क्षेत्रका पूर्वसांसद पनि थिए । विसं २०७४ मा उनी निर्वाचित भएका थिए ।




