नक्कली भुटानी शरणार्थी प्रकरणको सुनुवाइ स्थगित

`

     २०८० भाद्र २१ गते १:५०

काठमाडौं, भदौ २१ । उच्च अदालत पाटनमा नक्कली भुटानी शरणार्थी प्रकरणको सुनुवाइ स्थगित भएको छ।

पुर्पक्षका लागि थुना र धरौटी माग गर्ने काठमाडौं जिल्ला अदालतको आदेशविरूद्ध २० जना प्रतिवादीले उच्च अदालत पाटनमा निवेदन दिएका थिए। बिहीबार न्यायाधीश सुभाष पौडेल र दीपेन्द्र अधिकारीको संयुक्त इजलासमा पेशी तोकिएको थियो।

तर निवेदकका कानुन व्यवसायीले निवेदन दिएपछि सुनुवाइ स्थगित भएको हो। नक्कली भुटानी शरणार्थी प्रकरणमा प्रहरीले २० जनालाई पक्राउ गरेको थियो। जसमध्ये १७ जनालाई पुर्पक्षका लागि थुनामा र ३ जनालाई धरौटीमा छाड्न आदेश दिएको थियो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?