भीषण प्रकोपको कारण ब्राजिलमा कम्तीमा २१ जनाको मृत्यु

`

     २०८० भाद्र २० गते २:२३

एजेन्सि, २० भदौ । चक्रवातपछिको वर्षा र हावाहुरीका कारण दक्षिणी ब्राजिलमा कम्तीमा २१ जनाको मृत्यु भएको छ । रियो ग्रान्डे डो सूलका गभर्नरका अनुसार यो राज्यले भोगेको अहिलेसम्मकै मौसमसम्बन्धी भीषण प्रकोप हो ।

अधिकारीहरूले हजारौँले आफ्नो घर छाडेर हिँड्न बाध्य भएका छन् । करिब ५ हजार जनसङ्ख्या रहेको माकुमको ८५ प्रतिशत भूभाग डुबानमा परेको छ । सयौँलाई घरको छतछतबाट उद्धार गरिएको स्थानीय मिडियाले जनाएका छन् ।

राष्ट्रपति लुइज इनासियो लुला डा सिल्भाले केन्द्र सरकार सहयोगका लागि तयार रहेको जानकारी दिएका छन् । ‘जहाँ समस्या छ, त्यहाँ संघीय सरकार जनतालाई सहयोग गर्न तयार छ,’ उनले भने ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?