कक्षा १२ को पुरक परीक्षाको समय परिवर्तन गरी असोज ९ र १० गते हुने

`

     २०८० भाद्र २० गते १:२८

काठमाडौँ, भदौ २० । राष्ट्रिय परीक्षा बोर्ड, परीक्षा नियन्त्रण कार्यालय (कक्षा ११/१२ ) ले कक्षा १२ को ग्रेडवृद्धि (पुरक)परीक्षाको समय तालिका विशेष कारणले परिवर्तन भएको जनाएको छ ।

कार्यालयले आज एक सूचना जारी गरी राष्ट्रिय परीक्षा बोर्डले आउँदो असोज ६ गते शनिबार र ७ गते आइतबार सञ्चालन हुने भनिएको कक्षा १२ को ग्रेडवृद्धि (पुरक) परीक्षा असोज ९ गते मङगलबार र १० गते बुधबार हुने जनाएको हो । परीक्षा बिहान ११ बजेदेखि २ बजेसम्म सञ्चालन हुने उक्त सूचनामा जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?