कर्मचारीले निष्पक्ष रुपमा काम गर्नुपर्छ : सभापति देउवा

`

     २०८० भाद्र १९ गते ४:२२

काठमाडौँ, १९ भदौ । नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले कर्मचारीहरुले निष्पक्ष रुपमा काम गर्नुपर्ने बताएका छन्।

नेपाल निजामती कर्मचारी युनियनको स्थापना दिवसका सन्दर्भमा आज ‘कर्मचारी’ पुस्तकको विमोचन कार्यक्रममा उनले कर्मचारीले व्यक्तिगत रुपमा विचार जुनसुकै अपनाए पनि सरकारको कुरा मान्नुपर्ने धारणा व्यक्त गरे ।

सभापति देउवाले भने, “राजनीति र कर्मचारीतन्त्रबीचको द्वन्द्व विश्वमै हुने गरेको देखिन्छ, तर सन्तुलन कायम गरेर मिलाएर लैजानुपर्छ । निजामती कर्मचारी युनियन प्रजातान्त्रिक युनियन हो । अरूले आफ्नो पार्टीले जे भन्यो त्यही गर्ने गरेका छन्, हामीले त्यस्तो गर्नुपर्छ भन्ने छैन, निष्पक्ष काम गर्नुपर्छ, त्यही रुपमा अघि बढ्नुस् ।”

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?