क्रिकेट खेलाडीलाई दिने भनिएको रकम उपलब्ध गराइयोस् : ज्ञानेन्द्र शाही

`

     २०८० भाद्र १८ गते १:५३

काठमाडौँ, भदौ १८ । प्रतिनिधिसभा सदस्य ज्ञानेन्द्रबहादुर शाहीले नेपाली क्रिकेट खेलाडीलाई दिने भनिएको रकम उपलब्ध गराउन सरकारको ध्यानाकर्षण गराएका छन् ।

सोमबार बसेको प्रतिनिधिसभा बैठकमा उनले विभिन्न देशसँग खेलेर जितेका नेपाली खेलाडीलाई दिने भनिएको रकम प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले उपलब्ध नगराएको भन्दै ध्यानाकर्षण गराएका हुन् ।

सरकार घोषणाअनुसार प्रत्येक १७ लाख रुपैयाँ पाउनुपर्ने भए पनि हालसम्म उपलब्ध नगराएको भन्दै उनले आपत्ति पनि जनाए । भोके पेटमा खेलाडीले क्रिकेट खेलिरहेको भन्दै उनले शुभकामना दिँदैमा मनोबल उच्च नहुने बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?