काठमाडौँ, भदौ १५ । नेपाल भ्रमणमा रहेका अमेरिकी डेमोक्रेट सिनेटर क्रिस भान होलेनले परराष्ट्रमन्त्री एनपी साउदसँग शिष्टाचार भेटवार्ता गरेका छन् ।
शुक्रबार सिंहदरबारस्थित परराष्ट्र मन्त्रालय मन्त्री साउदसँग सिनेटरहोलेनले भेटवार्ता गरेका हुन् ।
शुक्रबार नै काठमाडौँ आइपुगेका सिनेटर होलेनसँगको भेटमा नेपाल र अमेरिकाबीचको द्विपक्षीय र बहुपक्षीय सहयोगका विषयमा भेटमा छलफल भएको परराष्ट्र मन्त्रालयले जनाएको छ ।




