केपी ओली बरमझिया पुगे पछिको स्मरणमा

`

     २०८० भाद्र १५ गते १०:५९

काठमाडौं,१५ भदौ । नेकपा एमालेका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री केपी शर्मा ओली सप्तरीको बरमझिया पुगेका छन् ।

भदौ १३ गते बसेको एमालेको सिरहाको सर्रे अम्बासको सचिवालय बैठक सकेर ओली त्यहाँ पुगेको उनले सामाजिक सञ्जालमा उल्लेख गरेका छन् ।

उनले लेखेका छन् ‘रातिको करिब ९/१० बजेको थियो होला, सिरहाबाट विराटनगर फर्किने क्रममा बाटोमा बरमझिया पेडा पसलमा पुगियो । सप्तरीका बैजनाथ साहले यहाँ पहिलो पटक पेडा बनाएर बेच्न थाल्नु भएको थियो । यहाँ कुनै बेला मैले पनि दुई दिन बसेर पेडा बनाएको थिएँ। अस्ति त्यहाँको पेडा दोकान पुग्दा त्यस बेलाका दिनहरूको सम्झना गरियो।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?