विप्लवद्धारा एमसीसी कार्यान्वयनविरुद्ध आन्दोलनको घोषणा

`

     २०८० भाद्र १५ गते १०:१०

काठमाडौँ, १५ भाद्र । नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपाले एमसीसी कार्यान्वयनविरुद्ध आन्दोलनको घोषणा गरेको छ । आज शुक्रबार बिहान बसेको स्थायी कमिटी बैठकले आन्दोलन घोषणा गरेको हो ।

पहिलो चरणको आन्दोलनअन्तर्गत भदौ १९ गतेबाट नुवाकोट, तनहुँ, धादिङ, काठमाडौं, मकवानपुर, नवलपरासी, रुपन्देहीमा २३ गतेसम्म अन्तरक्रिया कार्यक्रम तय भएको नेता अनिल शर्माले बताए ।

यस्तै, असोज १ गतेदेखि लप्सेफेदीबाट सुरु हुने एमसीसीविरुद्ध मार्चपाच अभियान १५ गते पाल्पामा गएर टुंगिने छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?