भ्रष्टाचारको अन्त्य गर्न राष्ट्रिय सहमतिको सरकार बनाउनुपर्ने मन्त्री किराँतीको दाबी

`

     २०८० भाद्र १४ गते ३:२३

काठमाडौँ, १४ भदौ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री सुदन किराँतीले भ्रष्टाचार, अशिक्षा र गरिबीको अन्त्यका लागि राष्ट्रिय सहमतिको सरकार बनाउनुपर्ने बताएका छन् ।

बिहीवार नेपाल पर्वतारोहण संघको ३३ औँ वार्षिक साधारणसभालाई सम्बोधन गर्दै मन्त्री किराँतीले देशको प्रमुख शत्रु भ्रष्टाचार, अशिक्षा र गरिबी भएको बताएका हुन् । उनले भ्रष्टाचार, अशिक्षा र गरिबी देशको साझा शत्रु भएको उल्लेख गर्दै उहाँले यसलाई राष्ट्रिय एकताका साथ परास्त गर्नुपर्ने बताए ।

उनले यसको निम्ति राष्ट्रिय सहमतिको सरकार बनाउनुपर्ने बताए । उनले सो राष्ट्रिय सहमतिको सरकारको नेतृत्व पुष्पकमल दाहालले नै गर्नुपर्ने बताए । मन्त्री किराँतीले राष्ट्रिय सहमतिको सरकारले नै भ्रष्टाचार, गरिबी र अशिक्षाको अन्त्य गर्नसक्ने बताए ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?