काठमाडौं, भदौ १४ । आइतबारदेखि हराइरहेका डोल्पा सदरमुकाम दुनैस्थित नन्दबक्स गुल्मका गुल्मपति विमल पण्डित अझै सम्पर्कमा आएका छैनन्।
दुनैस्थित बेसक्याम्पबाट आइतबार अपराह्न साथीसहित बाहिर निस्किएका गुल्मपति पण्डित साथीलाई फर्काएर सम्पर्कविहीन भएको प्रमुख जिल्ला अधिकारी भूमिश्वर पोखरेलले बताए।
‘नेपाली सेना, प्रहरीहरूले पाँच दिनदेखि खोजी कार्य जारी राख्नुभएको छ। उहाँ सम्पर्कमा आउनुभएको छैन,’ पोखरेलले भने।




