एमालेको केन्द्रीय कमिटी बैठक धनगढीमा बस्ने

`

     २०८० भाद्र १३ गते ५:४९

काठमाडौँ, १३ भदौ । नेकपा (एमाले) ले पुष्पलाल मध्य पहाडी लोकमार्ग केन्द्रित अभियान सञ्चालन गर्ने भएको छ । सिराहाको सर्रे अम्बामा बसेको सचिवालय बैठकले मङ्सिरको तेस्रो साता केन्द्रीय कमिटी बैठक आयोजना गर्ने र बैतडीको झुलाघाटदेखि पाँचथरको चिवा भन्ज्याङसम्म युवा केन्द्रित अभियान सुरु गर्ने निर्णय गरेको हो ।

‘मङ्सिरमा पोलिटब्युरो र केन्द्रीय कमिटी बैठक बस्ने निर्णय भएको छ’,एमाले उपमहासचिव पृथ्वी सुब्बा गुरुङले रातोपाटीसँग भने, ‘मङ्सिरको तेस्रो साता सुदूरपश्चिमको धनगढीमा केन्द्रीय कमिटी बैठक बोलाउने र त्यो बैठकअघि पोलिटब्युरोको बैठक डाक्ने निर्णय भयो ।’ उनले बैठकको मिति पछि तोकिने समेत बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?