इस्लामावाद उच्च अदालतले निलम्बन गरिदियो इमरान खानको जेल सजाय

`

     २०८० भाद्र १२ गते २:३८

एजेन्सी, भदौ १२ । पाकिस्तानका पूर्वप्रधानमन्त्री इमरान खानलाई सुनाइएको तीन वर्षको जेल सजाय एक उच्च अदालतले निलम्बन गरिदिएको छ।

द डन समाचार पत्रका अनुसार इस्लामावाद उच्च अदालतले मंगलबार खानको कैद सजाय निलम्बन हुने फैसला गरेको हो।

मुख्य न्यायाधीश आमेर फारूक र न्यायाधीश तारिक मेहमुदको संयुक्त इजलासले राजकीय उपहारको व्यक्तिगत रूपमा प्रयोग गरेको अभियोगमा यसअघि इस्लामावादको ट्रायल कोर्टले गरेको आदेश निलम्बन गरेको हो।

पाकिस्तानको निर्वाचन आयोगले हालेको मुद्दामा सुनुवाइ गर्दै ट्रायल कोर्टले इमरानलाई दोषी ठहर गर्दै तीन वर्ष कैद सजाय सुनाएको थियो। उक्त आदेशसँगै इमरान जेल गएका थिए भने पाँच वर्षसम्म चुनाव लड्न अयोग्य भएका थिए।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?