" /> राष्ट्रपतिद्वारा ३ जनालाई राजदूतमा नियुक्त - Sarbocha Media

राष्ट्रपतिद्वारा ३ जनालाई राजदूतमा नियुक्त

`

     २०८० भाद्र ११ गते ६:३८

काठमाडौं, भदौ ११ । राष्ट्रपति रामचन्द्र पौडेलले तीन जनालाई राजदूतमा नियुक्त गरेका छन्।

मन्त्रिपरिषदको सिफारिसमा राष्ट्रपतिले सुधिर भट्टराईलाई गणतन्त्र फ्रान्सका लागि नेपालको आवासीय राजदूतमा, तेजबहादुर क्षेत्रीलाई संयुक्त अरब इमिरेट्सका लागि नेपालको आवासीय राजदूतमा र घनश्याम लम्साललाई कुवेतका लागि राजदूतमा नियुक्त गरेका हुन्।

राष्ट्रपति कार्यालयले जारी गरेको विज्ञप्तिमा उनीहरूलाई संविधानको धारा २८२ को उपधारा १ बमोजिम नियुक्त गरिएको उल्लेख छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?