काठमाडौं, भदौ ३ । सभामुख देवराज घिमिरले सदनको अवरोध हटाउने विषयमा छलफल गर्न दलका प्रमुख सचेतकहरुको बैठक बोलाएका छन् ।
लामो समयदेखी भइरहेको संसद अवरोध हटाउन सभामुख घिमिरेले ११ बजेसिंहदरबारस्थित आफ्नै सचिवालयमा बैठक बोलाएका हुन् ।
सत्तापक्ष र प्रतिपक्षमा रहेका पाँच राजनीतिक दलका प्रमुख सचेतकहरुलाई छलफलमा बोलाएका हुन् ।




