संसदको अवरोध खुलाउन दलहरूसँग छलफल गर्ने सत्ता गठबन्धनको निर्णय

`

     २०८० श्रावण ३१ गते १२:०७

काठमाडौं, साउन ३१ । प्रतिनिधिसभामा प्रमुख प्रतिपक्षी दलले गरिरहेको संसद अवरोध खुलाउनेबारे सत्तारूढ दलहरूबीच छलफल भएको छ।

संसद लामो समयदेखि अवरोध भएपछि सत्ता गठबन्धन दलका शीर्ष नेताहरू बुधबार बिहान छलफलमा जुटेका हुन्।

छलफलमा संसद सुचारू ‍गर्नेबारे छलफल भएको प्रधानमन्त्रीका प्रेस संयोजक सूर्यकिरण शर्माले जानकारी दिए। संसदको अवरोध हटाएर सुचारू गर्न दलहरूसँगको संवादलाई तीव्र बनाउने निर्णय भएको शर्माले बताए।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?