सत्ता र प्रमुख प्रतिपक्षीको आग्रहमा राष्ट्रिय सभा बैठक स्थगित

`

     २०८० श्रावण ३० गते २:३१

काठमाडौं, साउन ३० । राष्ट्रिय सभा बैठक स्थगित गरिएको छ।

साउन ३१ गते बुधबार दिउँसो १ बजे बस्ने तय भएको बैठक मंगलबार सूचना निकालेर स्थगित गरिएको हो।

संघीय संसदका महासचिव भरतराज गौतमले सूचना निकालेर सत्ता र प्रमुख प्रतिपक्षी दलको आग्रहअनुसार बैठक स्थगित गरिएको उल्लेख गरेका छन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?