कांग्रेस संसदीय दलको बैठक सुरु

`

     २०८० श्रावण २८ गते १:२२

काठमाडौँ, २८ साउन । नेपाली कांग्रेसको संसदीय दलको बैठक सुरु भएको छ । शुक्रबारदेखि सुरु भएको बैठक आज पनि जारी छ । बैठक १ बजेबाट संघीय संसद भवनको ल्होत्से हलमा बसिरहेको छ । शुक्रबारको बैठकमा १९ जनाले आफ्नो धारणा राखेका थिए ।

बैठकमा संसदको गतिरोध, कांग्रेसको भूमिका र जनजीविकाका विषयमा छलफल रहेको कांग्रेस संसदीय दलका प्रमुख सचेतक रमेश लेखक बताउँछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?