कुनैपनि राज्य धर्म र जात विशेष हुँदैन : केपी ओली

`

     २०८० श्रावण २५ गते ३:५७

काठमाडौँ, २५ साउन । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले कुनैपनि राज्य धर्म र जात विशेष नहुने बताएका छन् ।

बिहीबार २९ औं विश्व आदिवासी दिवसका अवसरमा लोकतान्त्रिक आदिवासी जनजाति महासंघले च्यासलमा आयोजना गरेको कार्यक्रममा अध्यक्ष ओलीले यस्तो बताएका हुन् । पूर्व प्रधानमन्त्री समेत रहेका ओलीले कतिपयले जातका आधारमा सेन्टिमेन्टल बनाएर र भावनामा बगाएर नेपालीहरुबीच द्वन्द्व र फाटो ल्याउने प्रयास भइरहेको बताए ।

‘जातका आधारमा सेन्टिमेन्टल बनाएर, भावनामा बगाएर कसैले हामीबीचमा विद्वेष, घृणा र फाटो ल्याउन सफल भयो भने हाम्रो देशको अस्तित्व समाप्त हुन्छ’, ओलीले भने, ‘त्यसबेला कसैले यो देश जोगाएर जोगिँदैन ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?