पोखरामा आँखा पाक्ने रोगको प्रकोप

`

     २०८० श्रावण २३ गते ४:५९

काठमाडौँ, साउन २३ । पोखरामा आँखा पाक्ने रोगको प्रकोप देखिएपछि पोखराका स्कुलहरू तीन दिनका लागि बन्द गरिएको छ।

आँखा पाक्ने रोग विशेषगरी बालबालिकामा धेरै देखिएकाले विद्यालय बन्द गर्ने निर्णय गरेको पोखरा महानगरका वरिष्ठ शिक्षा अधिकृत बद्रिनाथ सुवेदीले बताए।

‘आँखा पाक्ने रोगले विद्यालय आउने विद्यार्थीको संख्या घटिरहेको छ,’ उनले भने, ‘रोग नफैलियोस् भनेर हामीले सबै विद्यालय तीन दिन बन्द गर्ने निर्णय गरेका छौं।’

पोखराका मेयर धनराज आचार्यको संयोजकत्वमा सोमबार बसेको सरोकारवालाको बैठकले विद्यालय बन्द गर्ने निर्णय गरेको सुवेदीले बताए।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?