सदन खोल्न बालुवाटारमा तीन दलको बैठक सुरू

`

     २०८० श्रावण २३ गते ११:३६

काठमाडौँ, २३ साउन । संसद खोल्ने प्रयास स्वरुप प्रधानमन्त्री निवास बालुवाटारमा तीन दलको बैठक सुरू भएको छ। बैठकमा प्रधानमन्त्री प्रचण्ड, सभामुख देवराज घिमिरे, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, नेकपा ९एमाले० का अध्यक्ष केपी शर्मा ओलीसहित तीन दलका प्रमुख सचेतकहरू उपस्थित छन् ।

तस्करीको सुन प्रकरणलाई लिएर एमालेले उच्चस्तरीय छानविन समितिको माग गर्दै संसदमा गतिरोध कायम गरेपछि हिजोदेखि सदन सुचारु गर्नका लागि छलफल थालिएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?