प्रतिनिधिसभाको बैठक अपराह्न ४ बजेका लागि सर्यो

`

     २०८० श्रावण २२ गते ४:०४

काठमाडौँ, श्रावण २२ । प्रनिधिसभाको आजको बैठक अपराह्न ४ बजेका लागि सरेको छ ।

आज दिउँसो १ बजेका लागि तय भएको बैठक विशेष कारणले आजै अपराह्न ४ बजेका लागि सारिएको सङ्घीय संसद्को महासचिव डा भरतराज गौतमले बताए ।

सभामुख देवराज घिमिरेले सदन अवरोधका विषयमा शीर्ष नेतासँग छलफल जारी राखेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?