काठमाडौं, साउन १७ । प्रधानमन्त्रीसमेत रहेका नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले राम्रो काम गर्दागर्दै सरकार छोड्नु परे अफसोस नहुने बताएका छन्।
बुधबार कमलादीस्थित नेपाल प्रज्ञा प्रतिष्ठानमा भएको पार्टी केन्द्रीय समिति बैठकमा बोल्दै उनले भने, ‘राम्रो काम गर्दागर्दै सरकार छोड्नु परे हामीलाई अफसोस हुन्न।’




