काठमाडौं, १५ साउन । नेकपा (एमाले) अध्यक्ष केपी शर्मा ओलीले मुलुकमा अब कहिल्यै पनि दास युग र सामन्त युग नआउने बताएका छन् । नेकपा ९एमाले० साहित्य, कला तथा संस्कृति विभागद्वारा प्रकाशित ‘युगदूत’ को विमोचन कार्यक्रमलाई सम्बोधन गर्दै उनले मुलुक दास युग र सामन्त युगमा फर्कने कल्पना गर्न नसकिने बताएका हुन् ।
‘अब अहिल्यै दास युग आउला भन्ने कल्पना नगरे हुन्छ । अब कहिल्यै सामन्ती युग आउला भन्ने कल्पना नगरे हुन्छ,’– उनले भने ।




