हामी देश निर्माण गर्न सुविधा सम्पन्न जीवनयापन छाडेर आएका हौं

`

     २०८० श्रावण १५ गते १:२२

काठमाडौं,१५ साउन । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले सोमबार रास्वपा सुदूरपश्चिम काठमाडौं भेलालाई सम्बोधन गर्दै रास्वपाका धेरै नेताहरु सुविधा सम्पन्न जीवनयापन छाडेर राजनीतिमा होमिएको दाबी गरेका छन् ।

उनले भने, ‘म लगायत हाम्रा पार्टीका अधिकांश नेताहरु अन्त्यन्त सुविधा सम्पन्न जीवनयापन गरिरहेकै हुनुहुन्छ । ती सबै सुविधालाई छाडेर हामी असिनपसिन, धूलोमैलो, हिलोमाटो, झरीहुरी केही नभनी दिनरात दौडिएका छौं । व्यक्तिगत स्वार्थ र लाभको लागि भए यति धेरै गर्नुपर्ने नै थिएन । यत्रो आलोचना र गालीगलोजका बीचमा पनि हामी प्रतिबद्ध भएर कम्मर कसेर निस्किएका छौं ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?