प्रधानमन्त्री प्रचण्ड र ओलीबीच बालुवाटारमा भेटबार्ता हुदै

`

     २०८० श्रावण १५ गते १०:५०

काठमाडौँ, श्रावण १५ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीबिच भेटबार्ता हुने भएको छ ।

संवैधानिक परिषद् बैठक बस्नु एक दिन अघि एमाले अध्यक्ष ओली र प्रधानमन्त्री प्रचण्डका बिच बालुवाटारमा भेटबार्ता हुन लागेको हो ।

प्रधानमन्त्री प्रचण्ड र अध्यक्ष ओली बिच भेटबार्तामा मुख्यतः सर्बोच्च अदालतको प्रधानन्यायाधीश नियुक्तिको प्रक्रिया अगाडि बढाउने बिषयमा छलफल हुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?