इटाली भ्रमणलाई मैले सफल भ्रमणका रूपमा लिएको छु : प्रधानमन्त्री दाहाल

`

     २०८० श्रावण १२ गते १:१४

काठमाडौँ, १२ साउन । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आफ्नो इटाली भ्रमण सफल भएको बताएका छन् ।इटाली भ्रमणबाट स्वदेश फर्केपछि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अतिविशिष्ट कक्षमा आज आयोजित पत्रकार सम्मेलनमा उनले नेपालको सक्रिय सहभागिता र सम्मेलनको दौरानमा भएका महत्वपूर्ण भेटघाटले भ्रमण सफल भएको छ ।

“भ्रमणबाट अन्तर्राष्ट्रिय मञ्चमा नेपालको छवि एक स्वतन्त्र, सार्वभौम, संयुक्त राष्ट्रसङ्घ र समग्र बहुपक्षीयताप्रति प्रतिबद्ध मुलुकका रुपमा अझ बढी मुखरित हुन पुगेको विश्वास लिएको छु”, उनले भने । सम्मेलनका क्रममा आफू अत्यन्त व्यस्त रहेको जानकारी दिँदै उनले इटालीको आर्थिक, सामाजिक र सांस्कृतिक क्षेत्रमा गरेको विकासको अवलोकन गरेको बताए ।

प्रधानमन्त्री दाहालले संयुक्त राष्ट्रसङ्घ, इटाली सरकार र रोमस्थित खाद्य तथा कृषि सङ्गठन, विश्व खाद्य कार्यक्रम र कृषि विकासका लागि अन्तर्राष्ट्रिय कोषद्वारा इटालीको रोममा आयोजित ‘संयुक्त राष्ट्रसङ्घ फुड सिस्टम समिट प्लस २ स्टकिङ मोमेन्ट’ मा नेपालको प्रतिनिधित्व गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?