मिटर ब्याज सम्बन्धी विधेयक राष्ट्रियसभामा टेबल

`

     २०८० श्रावण ११ गते ११:५९

काठमाडौँ, ११ साउन । राष्ट्रियसभा बैठकमा मिटरब्याज सम्बन्धी ‘मुलुकी संहिता सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्न बनेको बिधेयक २०८०’ टेबल भएको छ । बिहिबार बसेको राष्ट्रियसभाको बैठकमा गत असार ३१ गते प्रतिनिधिसभाबाट पारित भएको विधेयक टेबल भएको हो ।

राष्ट्रियसभाका सचिव सुरेन्द्र पाण्डेले विधेयक टेबुल गरेका छन् । राष्ट्रिय सभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले आजै बस्नेगरी आधा घण्टाका लागि बैठक स्थगित गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?