इमरान खानलाई पक्राउ गर्न आयोगको निर्देशन

`

     २०८० श्रावण ०९ गते १:४७

एजेन्सि, ९ साउन । पाकिस्तानका पूर्व प्रधानमन्त्री इमरान खानको समस्या मंगलबार बढ्न सक्नेछ । पाकिस्तानको चुनाव आयोगले इमरान खानविरुद्ध गैर जमानती वरेन्ट जारी गरेको हो ।

आयोगले खानलाई पक्राउ गर्न इस्लामाबाद प्रहरीलाई निर्देशन दिएको छ । खानलाई मंगलबार आयोगसमक्ष उपस्थित गराउन भनिएको छ । खान मंगलबार नै आयोगसामु पेश हुने अपेक्षा गरिएको छ । खान नआए उनलाई पक्राउ गरेर भए पनि ल्याइने प्रहरीले बताएको छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?