सभापतिलाई गाली गरेको होइन सुझाव दिएको हो

`

     २०८० श्रावण ०८ गते ५:०९

काठमाडौँ, श्रावण ८ । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले सभापति शेरबहादुर देउवालाई आलोचना र गाली गरेको नभएर सुझाव दिएको बताएका छन् ।

केन्द्रीय समितिको बैठकलाई सम्बोधन गर्दै महामन्त्री शर्माले पार्टी बैठकमा सभापतिलाई गाली गरेको भन्ने टिप्पणीको जवाफ दिदै पार्टी विधान अनुसार अगाडी बढाउ भन्दा आलोचना वा गाली गरेको नभई सुझाव दिएको हुने जवाफ दिएका छन् ।

महामन्त्री शर्माले सभापति देउवालाई आफ्ना गल्ति सुधार गर्न र पार्टीलाई विधानको व्यवस्था अनुसार संचालन गर्न आग्रह गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?