तीन खर्बले घट्यो आयात व्यापार

`

     २०८० श्रावण ०८ गते ४:२५

काठमाडौं, साउन ८ । पछिल्लो एक वर्षमा मुलुकले गर्ने आयात व्यापार तीन खर्ब रूपैयाँ बढीले घटेको छ।

भन्सार विभागको तथ्यांक अनुसार गत आर्थिक वर्षमा १६ खर्ब ११ अर्ब रूपैयाँको वस्तु विदेशबाट आयात भएको छ।

आर्थिक वर्ष २०७८/७९ मा १९ अर्ब २० अर्ब रूपैयाँको वस्तु आयात भएको थियो। यस हिसाबले एक आर्थिक वर्षमा १६.८ प्रतिशतले आयात व्यापार घटेको छ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?