क्रियाशील सदस्यले नै भोट दिएनन्

`

     २०८० श्रावण ०७ गते ४:४७

काठमाडौं, साउन ७ । नेपाली कांग्रेसका नेताहरूले चुनावमा पार्टीका क्रियाशील सदस्यहरूबाटै भोट नपाइएको गुनासो पोखेका छन्। गत मंसिरमा भएको प्रदेश सभा र संघीय चुनावमा उम्मेदवार भएका नेताहरूले केन्द्रीय समिति बैठकमा धारणा राख्दै क्रियाशील सदस्यहरूकै भोट नपाइएको बताए।

नेता शशांक कोइरालाले पार्टीमा ८ लाखभन्दा बढी क्रियाशील सदस्य रहे पनि चुनावमा सबैले इमान्दारितापूर्वक कांग्रेसलाई नै भोट दिने नगरेको बताए।

‘मेरो क्षेत्रको एक ठाउँमा ८०० जना कांग्रेसका क्रियाशील सदस्य छन्। तर भोट खस्यो २०० मात्रै,’ कोइरालाले भने, ‘हामीले कस्तो किसिमको क्रियाशील सदस्य दिँदैछौंरु’

उनले क्रियाशील सदस्यता बढाएर मात्रै संगठन बलियो नहुने बताए। ‘उनीहरू जबसम्म कांग्रेसको नीति ठिक छ भनेर भित्रैदेखि लाग्दैनन् तबसम्म क्रियाशीलको संख्याले मात्र पार्टी बलियो हुँदैन,’ उनले भने।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?