थाइल्याण्डको संसद्मा अर्को हप्ता प्रधानमन्त्रीको लागि पुन: मतदान हुने

`

     २०८० आषाढ २९ गते ३:२९

एजेन्सि, २९ असार । थाइल्याण्डको संसदले अर्को हप्ता नयाँ प्रधानमन्त्रीको लागि पुनः मतदान गर्ने पुष्टि शुक्रबार गरेको छ । पिताको मुभ फरवार्ड पार्टी (एमएफपी) ले मे महिनामा भएको चुनावमा सबैभन्दा बढी सिट जितेको र यसबाट नौ वर्षको सेना समर्थित शासनपछि प्रगतिशील सुधारका लागि आतुर थाई युवाहरू उत्साहित भएका थिए ।

हार्वर्ड विश्वविद्यालयमा अध्ययन गरेका पिताको अर्को सरकारको नेतृत्व गर्ने सुधारवादी अभियानलाई बिहीबार विधायिकाका सेनाद्वारा नियुक्त सिनेटरहरूले विफल पारेका थिए । यसले राज्यको कडा शाही मानहानी कानूनमा सुधार गर्ने उनको प्रतिज्ञालाई खतराको सङ्केत देखाएको छ ।

राज्यको सर्वोच्च निर्वाचन निकायले संवैधानिक अदालतले पितालाई सांसद पदबाट निलम्बन गर्न सिफारिस गरेको एक दिनपछि नै मतदान भएको हो ।

थाइल्याण्डको संसदले जुलाई १९ मा नयाँ प्रधानमन्त्री चयनका लागि दोस्रो मतदान गर्ने भएको उपसभामुख पिचेत चुआमुआङफानले एएफपीसँग बताए ।

मतदान कहिले हुने भन्ने प्रसङ्गमा पिचेटले स्थानीय सञ्चारमाध्यममा आएको समाचारलाई पुष्टि गर्दै भने, “नयाँ प्रधानमन्त्रीका लागि मतदान छिट्टै हुनेछ किनकीे कार्यतालिका उस्तै छ । कुनै फेरबदल भएको छैन ।”

एमएफपीको गठबन्धन साझेदार फेउ थाईका सांसद समेत रहेका पिचेट चाउमुआङफाङले पितालाई पुनः मनोनीत गर्ने वा अर्को निर्वाचनमा थप उम्मेदवारको सामना गर्ने भन्ने स्पष्ट नभएको बताए ।

उनले भने, “हामीले अहिले पनि पहिले यसबारे कुरा गर्नुपर्छ । “अहिलेका लागि, यसले जनताबाट राय र प्रतिक्रिया सङ्कलन गरिरहेको छ ।”

पिताले आफू आगामी सरकारको नेतृत् का लागि उम्मेदवार रहेको र समग्रमा ३२४ मत मात्र प्राप्त गरे पनि हार नमान्ने बताउँदै आएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?