एकीकृत समाजवादीको सचिवालय बैठक ११ बजे बस्दै

`

     २०८० आषाढ २९ गते १०:१९

काठमाडौँ, २९ असार । नेकपा एकीकृत समाजवादीको सचिवालय बैठक बस्दै छ । शुक्रबार ११ बजे सचिवालय बैठक बस्ने उपाध्यक्ष राजेन्द्र पाण्डेले जानकारी दिए ।

नेता पाण्डेका अनुसार आजको बैठक कीर्तिपुरस्थित पुष्पलाल स्मृति पार्कमा बस्नेछ । बैठकमा एक वर्षे पार्टी सङ्गठन सुदृढ अभियानको समीक्षा गरिनेछ । यसको अलावा कतिपय नेता कार्यकर्ताले पार्टीको जिम्मेवारी छोडेकाले त्यस स्थानमा कसलाई जिम्मेवारी दिने भन्ने समेत छलफल हुने नेताहरूले बताएका छन् ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?