मिनबहादुर गुरुङलाई रिहा गर्न निजी क्षेत्रका अगुवाहरुको माग

`

     २०८० आषाढ २६ गते २:४०

काठमाडौं, २६ असार । निजी क्षेत्रका विभिन्न छाता संघ तथा संगठनले भाटभटेनीका सञ्चालक मिनबहादुर गुरुङलाई रिहाईको माग गरेका छन् । ललिता निवास जग्गा प्रकरणमा सिआईबीले गुङलाई पक्राउ गरी अनुसन्धान गरिरहेको छ । यही सन्दर्भमा नेपाल उद्योगा वाणिज्य महासंघ, नेपाल उद्योग परिसंघ र नेपाल चेम्बर अफ कमर्सका अगुवाहरुलाई गुरुङको रिहाईको माग गरेका छन् ।

उनीहरुले मुलुकको अथर्तन्त्रमा ८१ प्रतिशत हिस्सा निजी क्षेत्र रहेको उल्लेख गरको छन् । उनीहरुले न्यून मागका कारण लगानी विस्तार हुन नसक्दा कुल ग्राहस्थ्य उत्पादन अपेक्षितभन्दा ६ प्रतिशत विन्दु कम भएको छ भने राजश्व संकलन गत वर्षभन्दा १३ प्रतिशतले घटेको उल्लेख गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?