सुनचाँदीको मूल्य स्थिर

`

     २०८० आषाढ २६ गते ११:४३

काठमाडौँ, २६ असार । नेपाली बजारमा लगातार तीन दिनदेखि सुन र चाँदीको मूल्य स्थिर रहेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले लगातार तीन दिनदेखि सुनचाँदीको मूल्य स्थिर रहेको जनाएको हो ।

महासंघका अनुसार आज छापावाल सुनको मूल्य तोलामा १ लाख ११ हजार ३०० रुपैयाँ कायम छ । यस्तै, आज तेजाबी सुनको मूल्य तोलामा १ लाख १० हजार ७५० रुपैयाँ कायम छ ।

यो साताको आइतार र सोमबार पनि यही मूल्यमा सुनको कारोबार भएको थियो । आज चाँदीको मूल्य तोलामा १३९५ रुपैयाँ कायम छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?