काठमाडौं, असार २५ । संघीय संसद्को अवरोध हटाउन एमाले तयार देखिएको छ। संसद् अवरोध हटाउन प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’, कांग्रेस सभापति शेरबहादुर देउवा र प्रमुख प्रतिपक्षी दलका नेता केपी शर्मा ओलीबीच आज सिंहदरबारमा छलफल भएको थियो।
छलफल सकारात्मक भएको एमालेका एक नेताले बताए।
‘छलफल सकारात्मक छ,’ ती नेताले भने।
यता एमाले अध्यक्ष ओलीले भने पार्लियामेन्टमा थाहा हुने भन्दै बैठकबाट बाहिरिएका थिए।




