सिराहा, २५ असार । सिराहाको मिर्चैयाका मेयर श्रवणकुमार यादवले गुण्डागर्दी गरेको भन्दै स्थानीयवासीले पूर्व–पश्चिम महेन्द्र राजमार्ग अवरुद्ध पारेका छन् ।
करिब तीन महिनादेखि आन्दोलनरत पीडितहरूका समस्या समाधान नगरी मेयर यादव उल्टै ज्यादती र गुण्डागर्दीमा उत्रिएको भन्दै स्थानीयवासीले मिर्चैया बजार बन्द गर्नुका साथै पूर्व–पश्चिम राजमार्ग अवरुद्ध पारेका हुन् ।
सडक अवरुद्ध भएपछि सयौँ गाडी अलपत्र परेका छन् । मेयर यादवले आन्दोलनकारीलाई मार्न खोजेको, पुनः घर तोडफोड गरी अदालतको अवहेलना गरेकोलगायत आरोप लगाउँदै स्थानीयवासीले पुनः आन्दोलन गर्नुपरेको बताएका छन् ।




