काठमाडौँ, असार १९ । राष्ट्रपति रामचन्द्र पौडेलको उपचार खर्च सरकारले बेहोर्ने भएको छ ।
परराष्ट्र मन्त्रालयले राष्ट्रपतिको उपचार खर्च निकासा गर्न अर्थ मन्त्रालयलाई दिएपछि अब सो रकम सरकारले बेहोर्ने भएको हो । राष्ट्रपति पौडेलको भारतमा उपचार गर्दा ५५ लाख दुई हजार २७९ खर्च भएको र सो निकासी गरिदिन परराष्ट्रले अर्थलाई स्वीकृति दिएको छ ।




