बजेटमा भेदभाव गरिएको भन्दै अध्यक्ष चित्रबहादुर केसीले पोखे असन्तुष्टि

`

     २०८० आषाढ १० गते ६:२५

काठमाडौँ, १० असार । राष्ट्रिय जनमोर्चाका अध्यक्ष एवं सांसद चित्रबहादुर केसीले संसदबाहिर सञ्चारकर्मीहरुसँग कुरा गर्दै बजेटमा भेदभाव गरिएको भन्दै पास हुन नसक्ने बताएका छन् ।

अध्यक्ष केसीले बजेटमाथिको अहिलेको छलफल जनता भुल्याउने काम मात्रै भएको बताए । उनले अहिलेका राजनीतिक दलहरुले संसदीय पद्धतिका कुरा गर्नु जनतालाई उल्लु बनाउनुसरह भएको बताए । उनले जनतालाई झुक्याएर सत्तामा रहनुको नाटक मञ्चन राजनीतिक दलहरुले गरिरहेको बताए ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?